२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

बुढीगंगामा गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित

आशिष कुमार यादव २०७९ जेठ ५ गते ११:५७

सुनसरी ।  मोरङको बुढीगंगा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी हुनुभएको छ । गाउँपालिका प्रमुखमा ८ हजार २ सय ९९ मत ल्याएर कांग्रेसका जितनारायण थापा मगर निर्वाचित हुनुभएको छ ।

प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बलभद्र सरदार थारूले ७ हजार ८ सय ८० मत प्राप्त गरेर पराजित हुनुभएको छ । उपप्रमुखमा कांग्रेसकै अमृताकुमारी गच्छदार निर्वाचित हुनुभएको छ । गच्छदारले उपाध्यक्षमा ९ हजार ५० मत ल्याएर निर्वाचित हुनुभएको छ ।

गच्छदारकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसी कुमारी कुँवरले ६ हजार २ सय २३ मत प्राप्त गर्नुभयो । 

सम्बन्धित