तपाईँ सुन्दै हुनुहुन्छः

बाराको सुवर्ण गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी 

बारा । बाराको सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी हुनु भएको छ । 

उहाँले  ५ हजार ३ सय ५१ मत प्राप्त गरी वर्तमान पालिका अध्यक्ष महेन्द्र प्रसाद  यादवलाई पराजित गरेका छन् । यादवले  ३ हजार १  सय ३७ मतमा चित बुझाउनु परेका हो । 

त्यसै गरी उपाध्यक्षमा नेपाली काँग्रेसकी पुनम कुमारीले  ३ हजार ९ सय  ८० मत प्राप्त गरी विजयी  हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपा समाजवादी पार्टीका उपाध्यक्ष राजपति देवी यादवले ३ हजार ३ सय ४८ मत प्राप्त गर्नुभयो । 

सो पालिकामा २०७४ सालको निर्वाचनमा जसपाको तर्फबाट महेन्द्र यादव  अध्यक्ष र जसपाबाट नै उपाध्यक्षमा बबिता यादव निर्वाचित हुनुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button