तपाईँ सुन्दै हुनुहुन्छः

चेतनामूलक सूचना तथा सन्देश प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र वन तथा वातावरण मन्त्रालय, एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाबिच रेडियो नेपालबाट वन्यजन्तु तथा वन जङ्गल डढेलोबाट जोगाउन चेतनामूलक सूचना तथा सन्देश प्रसारण गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार रेडियो नेपालले वन्यजन्तु तथा वन जङ्गलको संरक्षणसम्बन्धी चेतनामूलक सन्देश नेपाली र थारु भाषामा प्रसारण गर्नेछ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र वन तथा वातावरण मन्त्रालय, एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाका संयोजक सुमन सुवेदीले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button