तपाईँ सुन्दै हुनुहुन्छः

वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि औधापुरलाई

बारा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा सञ्चालित वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि औधापुरले जितेको छ ।

औधापुरले दोहरिलाई १३ रनको अन्तरले पराजित गरेको हो । श्री अमर मावि दोहरी मझौलियाको खेल परिसरमा भएको वडा भित्रको ८ टोल सहभागी प्रतियोगितामा लङडा, भवानीपुर, औधापुर, दोहरी, सानो दोहरी, कवलपुर, झिटकैया र मझौलिया टोल सहभागी रहेको वडा अध्यक्ष राजेश महतोले जानकारी दिनुभयो ।

विजेताले नगद २ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो, हुनेले नगद १५ सयसहित ट्रफी मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button