तपाईँ सुन्दै हुनुहुन्छः

डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा दाउरा वितरण 

बझाङ । बझाङमा केही दिनयता हिमपातका कारण ह्वात्तै चिसो बढेपछि जयपृथ्वी नगरपालिकाका विभिन्न स्थानमा डिभिजन वन कार्यालय बझाङ, जिल्ला प्रशासन कार्यालय बझाङ र जिल्ला प्रहरी कार्यालय बझाङले स्थानीयलाई दाउरा वितरण गरेका छन् ।

चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि डिभिजन वन कार्यालयले सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोक, अदालत अगाडी, सिमखेतसहितका क्षेत्रमा वृद्ध वृद्धा तथा ज्येष्ठ नागरिक र साना नानीका लागि आगो ताप्न दाउरा वितरण गरिएको हो ।सोमबार र मङ्गलवार ती क्षेत्रहरूमा डिभिजन वन कार्यालयले सङ्कलन गरेका दाउराहरू वितरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख कर्ण बहादुर खातीले बताउनुभयो ।

नगरका विभिन्न बस्तीमासमेत आगो ताप्न दाउराको व्यवस्था गरी वितरण गरिएको खातीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले चिसोबाट बच्नको लागि केही राहत पुगोस् भनेर सदरमुकाम क्षेत्रका चोक चोकमा प्रहरीले दाउरा वितरण गरेको बताउनुभयो । चिसोसँगै निमोनिया र रुखा खोकीका बिरामी बढिरहेका छन् । चिसोले बालबालिकामा निमोनिया र वृद्ध वृद्धामा रुघाखोकीको समस्या देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button