तपाईँ सुन्दै हुनुहुन्छः

७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर सजिलै हासिल गर्न सकिने बताउनुभएको छ । 

प्रतिनिधिसभा अर्थ समितिमा आज देशको अर्थतन्त्रको वर्तमान अवस्था, चुनौती र अर्थ मन्त्रालयका काम कारबाहीबारे जानकारी गराउँदै मन्त्री शर्माले प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने बताउनुभयो । 

उहाँले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा देखिनुमा यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको स्पष्ट पार्नुभयो । 

उहाँले समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, कोभिडले थलिएका उद्योग सञ्चालनमा आउनु र मुद्रास्फीति पनि नियन्त्रणमा रहनुलाई आफ्नो उपलब्धि रहेको औँल्याउनुभयो । 

अर्थमन्त्री शर्माले अहिले राजस्व सङ्कलन अनुरूप बजेट खर्च हुन नसकेकाले ऋण लिनुपर्ने अवस्थामा सरकार नरहेको पनि जानकारी गराउनुभयो । 

अहिले बैङ्किङ क्षेत्रमा १६ अर्ब मात्रै लगानी योग्य रकम (तरलता) रहेकाले तरलताको समस्या भने रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button