तपाईँ सुन्दै हुनुहुन्छः

थप २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

फाइल तस्बिर

काठमाडौँ । देशभर आज थप २ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

९ हजार ४ सय ५१ नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा २ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ३ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ ।

सङ्क्रमणका कारण आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४९ पुगेको छ । 

आज देशभर ३ लाख ३७ हजार एक सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button