तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको गण्डकी प्रदेश सभापतिमा २ जनाको उम्मेदवारी

कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापति पदका लागी दुई जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि शुक्रराज शर्मा र अर्जुन जोशीले उम्मेदवारी दर्ता गराउनुभएको हो । 

काँग्रेसले पहिलो पटक प्रदेश समिति गठन गर्न लागेको छ । सभापति पदका उम्मेदवार शर्मा रामचन्द्र पौडेल निकट मानिनुहुन्छ भने जोशी देउवा पक्षबाट उम्मेदवार बन्नुभएको हो । 

२९ पदका लागि प्रदेशमा ५१ जनाको उम्मेदवारी परेको छ । उपसभापति पदका लागि चार जनाको उम्मेदवारी परेको छ । 

दुई महामन्त्री पदका लागि पनि चार जनाको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button