तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, १ घाइते

बागलुङ । बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायण स्थानको कैया नजिकै अहिले साँझ भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकको नाम र ठेगाना भने खुल्न बाँकी रहेको बागलुङका प्रहरी नायब उपरीक्षक ईकवाल हवारीले जानकारी दिनुभयो ।

बागलुङबाट सारङ्गीतर्फ जाँदै गरेको ध १ च ३६० नम्बरको ट्र्याक्टर सोमबार साँझको समयमा कैया पाखामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा गम्भीर घाइते अर्को एक जनाको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरेर पर्वत अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइते जैमिनी नगरपालिका भण्डारका १३ वर्षीय सुदिप केसी हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button