तपाईँ सुन्दै हुनुहुन्छः

आइबा वर्ल्ड मेन्स बक्सिङमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइबा)को आयोजनामा अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म सर्वियाको राजधानी बेलग्रेडमा हुने २१ औँ आइबा वर्ल्ड मेन्स बक्सिङ च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विश्वका १ सय ५ राष्ट्रका ६ सय ५० भन्दा बढी खेलाडीले १३ तौल समूहमा प्रतिस्पर्धा गर्ने आइबाले जनाएको छ । 

प्रत्येक तौलका स्वर्ण विजेताले १ लाख अमेरिकी डलर, रजत विजेताले ५० हजार र कांस्य जित्ने दुई जनाले २५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button