तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारद्वारा “बागमती कानुन” एप्स” सञ्चालन

मकवानपुर।बागमती प्रदेश सरकारले बिहीबारबाट औपचारिक रुपमा “बागमती कानुन” एप्सको सुरुवात गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्यले एप्सको शुभारम्भ गर्नुभएको हो ।

एप्सको शुभारम्भ गर्नुहुँदै मन्त्री शाक्यले डिजिटल बागमती प्रदेश बनाउने सन्दर्भमा एप्सले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रविधिको उचित प्रयोगमार्फत प्रदेश सरकारले निर्माण गरेका कानुनका बारेमा जनतालाई छिटो र यथार्थ रुपमा जनाकारी दिन एप्सको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्य न्याधिवक्ता ओमप्रसाद थपलियाले कानुनमा कुनै पनि अपराध क्षम्य नहुने हुँदा बनेका कानुनका बारेमा आम नागरिकले जानकारी पाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले बनाएका कानुनका बारेमा घरमै बसेर बुझ्न र प्रष्ट हुन एप्सको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले कानुन एप्सको निर्माण गर्नुको मुख्य लक्ष्य सर्वसाधारण जनताको हात हातमा कानुनको जानकारी पु¥याउनु रहेको बताउनुभयो ।

बागमती प्रदेश एप्स मार्फत संविधानलगायत सङ्घीय वा अन्य प्रदेश सरकारद्वारा बनाइएका ऐन नियम, कानुन, कार्यविधिहरू समेत जानकारी प्राप्त गर्न सकिने, ऐन नियमको जानकारी लिन सकिने, कानुन सम्बन्धी राय सुझावमा सर्वसाधारणलाई प्रत्यक्ष संलग्न गराउन सकिने, आवश्यक कानुनहरू डाउनलोड गर्न सकिने गरी तयार गरिएको बताइएको छ । एप्सको माध्यमबाट प्रदेशगत रुपमा कानुन निर्माणमा एकरूपता ल्याउन समेत सहजता मिल्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button