तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा अवरुद्ध भएको विद्युत् सुचारु

सुनसरी । अत्यधिक वर्षाका कारण करिब ४० घण्टादेखि अवरुद्ध भएको विद्युत् पुनः सुचारु भएको छ ।

निरन्तर वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिड शाखाको कन्ट्रोल रुममा पानी पसेपछि मङ्गलवार रातीदेखि विद्युत् आपूर्ति रोकिएको थियो । 

हाल पानीको जलस्तर पनि घट्दै गएको र अवस्था सामान्य हुँदै गएकाले विद्युत् आपूर्ति पुनः सुचारु गरिएको दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले बताउनु भयो  । 

केही बेरमै प्रदेशभरि विद्युतको नियमित आपूर्ति सुरु हुने दुहबी ग्रिड शाखाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button