तपाईँ सुन्दै हुनुहुन्छः

महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षण सुरु भएको छ ।

आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमले बुधवारबाट तयारी थालेको हो । नेपाली टोलीले मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा तयारी थालेको हो । युएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभेम्बरमा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि टोलीमा कप्तान रुबिना क्षेत्री सहित २४ खेलाडीलाई बोलाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button