तपाईँ सुन्दै हुनुहुन्छः

थप ३९१ जनामा कोरोना संक्रमण

काठमाडौँ । देशभर आज ३९१ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

देशभर ८ हजार ७७ जनाको नमूना परिक्षण गर्ने क्रममा ६ हजार ९६६ नमूनाको पिसिआर तथा एन्टीजेन विधिबाट १ हजार १११ को परिक्षण गर्दा ३९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

File Photo

गत २४ घण्टामा ६८० जना मानिस कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै ७ लाख ८१ हजार ४५६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ  ।

सङ्क्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ८४ पुगेको छ ।

देशभर हाल १२ हजार २९७ सक्रिय सङ्क्रमित रहेका छन् जसमध्ये ११ हजार २७८ जनाको होम आइसोलेसनमा, १ हजार १९ जनाको संस्थागत आईसोलेसनहरुमा, २९९ जनाको आई सी यु कक्षमा र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button