तपाईँ सुन्दै हुनुहुन्छः

कुश्मा नगरपालिकाले नेपाली खेलाडीलाई दुई लाख पुरस्कार दिने

पर्वत ।  भारतसँग सानदार प्रतिष्पर्धा गरी साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

नेपाली फुटबल टोलीले देखाएको उत्कृष्ट प्रदर्शनको कदर गर्दै प्रोत्साहन स्वरूप पुरस्कारको घोषणा गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । 

उहाँले नेपाली खेल क्षेत्रको विकास र समृद्धिका लागि खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने मान्यता अनुरूप पुरस्कृत गर्न लागिएको बताउनुभयो । 

राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने, हरेक विद्यालय तहदेखि नै खेलाडी उत्पादन गर्ने योजना बनाउनुपर्ने, खेलाडीलाई प्रोत्साहन गर्नुपर्ने सन्देश दिनका लागि नगरपालिकाले पुरस्कार दिने घोषणा गरेको प्रमुख जोशीले बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button