तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

नेपालगन्ज  । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिँदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

पैदल हिँडिरहेका दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button