तपाईँ सुन्दै हुनुहुन्छः

चिया बगानका ७८६ मजदुरलाई कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाइयो

file photo

भद्रपुर, झापा । झापाको मेचीनगर नगरपालिका क्षेत्रमा रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ ।

बिहीबार मेचीनगर ८ मा रहेको टोकला चिया कमान र ६ तथा ७ नम्बर वडामा रहेको सतिघट्टा चिया बगानमा कार्यरत ७८६ जना मजदुरलाई खोप लगाएको हो ।

टोकला चिया कमानमा कार्यरत ३६८ र सतिघट्टा चिया बगानमा कार्यरत ४१९ जना मजदुरलाई बगान तथा कारखानामै पुगेर भेरोसिलको पहिलो मात्रा खोप लगाइएको नगरपालिकाका सञ्चार संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनु भयो । 

मजदुरहरूलाई खोप लगाउने कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । 

उहाँले आज शुक्रवार थप ३ सय मजदुरलाई खोप लगाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button