तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको गढी गाउँपालिकाका वडाध्यक्षको निधन

इनरुवा। सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उहाँको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताउनुभयो ।

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो । चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनु हुनुभएको थियो । चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button