तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका युवकको मलेसियामा मृत्यु

बैतडी।बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न. ४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह बिष्ट रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा रहेका उनको बुधवार मृत्यु भएको हो ।

सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमै रहेका बेला मृत्यु भएको बताइएको छ । उनको शव परीक्षणका लागि क्वालाम्पुर अस्पतालमा राखिएको छ ।मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button