तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्ड अन्तरगर्त पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

नेपालगन्जबाट घोराही आउँदै गरेको प्रदेश ३-०१-०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गए राति खोलाले बगाउँदा उक्त गाडीमा सवार घोराही उपमहानगरपालिका-१३ निवासी नितामाया मगर,सुशील श्रेष्ठ , घोराही उपमहानगरपालिका-१४ निवासी राधा कुवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरू सबै गाडीसँगै बगेका थिए ।

दुई जनाको राती नै शब निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शब भेटिएको प्रहरीले जनाएको छ । बर्षाका कारण सिस्ने खोलामा गए राती ठूलो बाढी आएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button