तपाईँ सुन्दै हुनुहुन्छः

विपद् व्यवस्थापनका लागि आवश्यक उपकरण प्रदान

पर्सा । सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा पर्साको जिरा भवानी गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बोर्ड आउट पोष्ट महादेवपट्टीलाई आपातकालीन विपद् व्यवस्थापन गर्ने उपकरण प्रदान गरिएको छ । 

भिसिएनको आर्थिक सहयोगमा हेल्मेट १० थान, डोरी २ रोल, गाडीको ट्युब १ थान, स्टिल बाल्टी दुई थान, पिक साबेल (कुटो) दुई थान, साबेल  (बेल्चा ) ५ थान लगायतका उपकरणहरू वीरगंजका सामाजिक अभियन्ता प्रकाश थारुले सशस्त्र प्रहरी बोर्ड आउट पोस्ट माहादेवपट्टीका कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक केदार राईलाई हस्तान्तरण गर्नुभयो ।

ग्रामीण क्षेत्रमा आपातकालीन अवस्थामा राहत तथा उद्धारमा सो सामाग्री प्रयोगमा आउने भएको हुँदा प्रदान गरिएको अभियन्ता थारुको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button