तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक बङ्गुर पालनमा रमाउँदै युवा

सल्यान । सल्यानका छत्रेश्वरी गाउँपालिका –४ बस्नेउटाका युवाले सामूहिक बङ्गुर पालन सुरु गरेका छन् । विदेश गएका र विदेश जान पासर्पोट तयार बनाएका पाँच युवाले गत वैशाखबाट व्यावसायिक बङ्गुर पालन सुरु गरेका हुन ।


वैदेशिक रोजगारका लागी मलेशिया पुगेका लोकमान नेपाली, चित्रभाङ्ग नेपाली, नन्दलाल नेपाली र विदेश जान भनी पासर्पोट बनाई बसेका गणेश नेपाली र यमलाल नेपालीले सामूहिक बङ्गुर पालन सुरु गरेका हुन । गाउँघरका सबै साथीभाइ विदेश जाँदा आफू पनि विदेश जाने सोचका साथ पासर्पोट बनाए पनि पासर्पोट बाकसमा थन्काएर बङ्गुर पालनमा लागेको गणेश नेपाली बताए । उनले भने ‘वैदेशिक रोजगारीका लागि सबै विदेश गएपछि आफँु पनि विदेश जाने सोचका साथ पासर्पोट बनाए तर विदेश गएका साथीहरूले विदेश नआउन आग्रह गरेपछि विदेश गएर फर्किएका साथीहरूसँग मिलेर बङ्गुर पालन थालेका छौँ ।’


घरपरिवारको खर्च धान्न विदेश गएको भए पनि विदेश सोचे भन्दा निकै फरक रहेको लोकमान नेपालीले बताए । उनले भने ‘जागिरका लागि मलेशिया पुगियो, तर सोचे अनुसारको आम्दानी र काम पाइन । घरमा फर्केर केही गइनुपर्छ भन्ने सोच आयो र बङ्गुर पालन सञ्चालन गरेका हौँ ।’ लेकबेसी कृषि तथा बङ्गुर फर्म नै दर्ता गरेर व्यवसाय सुरु गरेका युवाहरूसँग अहिले साना ठुला गरी ७० वटा बङ्गुर रहेका छन् ।
आफ्नै गाउँघरमा व्यवसाय गर्न पहिले देखि मन भए पनि आर्थिक अभावले बिदेसिनु परेको लोकमानले बताए ।

मलेशिया बस्दा आफूले स्वदेशको महत्त्व बुझेको बताए । सिप र परिश्रम गर्न सके विदेश जानु पर्दैन उनले बताए । प्राय युवा रोजगारीका लागि विदेश जाने गरेको बताउँदै लोकमानले भने विदेशमा गर्ने परिश्रम र लगानी स्वदेशमा गर्न सकियो भने नेपालमै पनि राम्रो आम्दानी गर्न सकिन्छ ।अब गाउँघरमै व्यवसायलाई बढाउँदै लैजाने सोच बनाएको अर्का युवा नन्दलाल नेपालीले बताए । बङ्गुर पालनले विदेशी भूमि बिर्साएको उनको भनाई छ । बंगुरलाई बढाएर दुई सय पु¥याउने सोचका साथ काम गरी रहेको उनको भनाई छ । उनले भने ‘एकै थलोमा धेरै व्यवसाय गरेर आम्दानी गर्ने योजना छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button