तपाईँ सुन्दै हुनुहुन्छः

थप ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि

file photo

काठमाडौँ । कोरोना भाइरसबाट आज देशभर थप ३ हजार ४ सय २१ जना सङ्क्रमित भएका छन् । 

१२ हजार २ सय ४० वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ३ सय ९१ जना तथा ५ हजार ३२ वटा नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार ३०  जना गरी जम्मा ३ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गत २४ घण्टामा १ हजार ६ सय ८६ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । 

योसँगै कोरोना भाइरसबाट अहिलेसम्म ६ लाख ४५ हजार ३ सय १ जना निको भएको मन्त्रालयले जनाएको छ । 

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । 

त्यस्तैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ७ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button