तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन प्रवर्द्धन गर्न शीतल पोखरीको संरक्षण

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ मा रहेको शीतल पोखरीलाई पर्यटन प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले थप व्यवस्थित गरिएको छ । 

वर्षौँदेखि ओझेलमा परेको तर पर्यटनका रुपमा प्रचार–प्रसार हुन नसकेको शीतल पोखरीमा विभिन्न पूर्वाधार संरचना निर्माण गरेर व्यवस्थित गरिएको हो ।

कर्णाली प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री स्वरोजगार कार्यक्रममार्फत अति विपन्न तथा दलित लक्षित वर्ग विशेष कार्यक्रमबाट शीतल पोखरीमा पूर्वाधार निर्माण गरिएको मुसिकोट नगरपालिकाले बताएको छ । 

आर्थिक वर्ष २०७७/२०७८ को कार्यक्रम अनुसार लक्षित वर्गका ८५ महिला र १५ जना पुरुषलाई समेटेर झन्डै २० लाख लागतमा शीतल पोखरीको घेरा बार, शौचालय निर्माण, सालिक तथा मेसिनरी वाल निर्माण गरिएको छ । 

शीतल पोखरी संरक्षणका लागि यस वर्ष थप गरिएका भौतिक संरचना निर्माणले स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । 

गत वर्ष मात्रै शीतल पोखरी प्रबद्र्धनका लागि पोखरीभित्र शिव मन्दिर निर्माण लगायत केही संरचना निर्माण गरेर पर्यटकीय क्षेत्रको थालनी गरिएको नगरपालिकाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button