तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई मौरीसहितको घार वितरण

 तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का किसानहरूलाई वडा कार्यालयले मौरी सहितको घार वितरण गरेको छ । 

मौरी पालन गर्ने चाहने वडाका २६ किसानहरूलाई शुक्रबार वडा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा  मौरी सहितको घार वितरण गरिएको वडाध्यक्ष कृष्णबहादुर पौडेलले जानकारी दिनुभयो ।

पौडेलले किसानको २५ र वडाको ७५ प्रतिशत लगानीमा घार प्रदान गरिएको बताउनुभयो । उहाँले व्यवसायिकरुपमा मौरी पालन गर्न सके मनग्य आम्दानी गर्न सकिने उल्लेख गर्नुभयो  ।

हामीले अहिले मोरीपालन सुरु होस् र किसानलाई उत्साह थपियोस् भनेर घार प्रदान गरेका हौँ,’ उहाँले भन्नुभयो,‘यसको उचित रेखदेख गरी व्यावसायिक रुपमा अघि बढ्न सहयोग पुग्ने छ ।’वडा सदस्य थापाले टोलबाट सिफारिस आएको आधारमा मौरी घार प्रदान गरिएको जानकारी दिनुभयो । वडाका विभिन्न क्षेत्रमा भूगोल र सम्भावना हेरेर विभिन्न खेती गरिएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button