तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्वास नगरपालिकामा अनलाइनबाट नै राजस्व बुझाउन सकिने

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयलाई बुझाउनुपर्ने राजस्व अब अनलाइन प्रणालीबाट बुझाउन सकिने भएको छ ।

यस प्रणालीले नगरवासीलाई सजिलो हुने अपेक्षा गरिएको छ ।

कोभिड–१९ को महामारीका कारण नागरिक आफै नगरपालिकामा राजस्व बुझाउनुपर्ने प्रावधान रहँदै आएकोमा अब अनलाइन प्रणालीबाट करदाताले नगरपालिका कार्यालयको राजस्व पोर्टलमा आफ्नो युजर बनाई तथा ई–सेवा तथा आएमई–पे एपबाट सहजै तिर्न सकिने छ ।

नगरपालिकाको कार्यालयले आज एक कार्यक्रम आयोजना गरी अनलाइन विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी गर्न सकिने प्रणालीको नगरप्रमुख जीवनराज थापाले उद्घाटन गर्नु भएको छ ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले नगरपालिकालाई प्रविधि मैत्री बनाउन, सेवाग्राहीहरूको समयको बचत गरी घरमै बसेर अनलाइनबाट राजस्व तिर्न सकिने भन्ने उद्देश्यले नगरपालिकाले विद्युतीय राजस्व प्रणाली सेवाको सुरुवात गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button