तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिच सम्झौता

काठमाडौँ । रेडियो नेपाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिच बालश्रम विरुद्धको सन्देशमूलक सूचना प्रसारण गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव देवेन्द्र कार्कीले हस्ताक्षर गर्नुभयो ।
बालश्रम विरुद्धका सन्देशहरू रेडियो नेपालबाट नेपाली, भोजपुरी र तामाङ भाषामा प्रसारण हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button