तपाईँ सुन्दै हुनुहुन्छः

स्पेनलाई पोर्चुगलले बराबरीमा रोक्यो


काठमाडौं । स्पेनलाई पोर्चुगलले गोलरहित बराबरीमा रोकेको छ । यूरो २०२० को तयारीमा रहेको दुबै टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ०–० को बराबरी खेलेको हो ।
एमरिक लर्पोटेले स्पेनको राष्ट्रिय टोलीमा पदार्पण गर्नुभएको छ । २७ वर्षीय लर्पोटेले दुई साता अघि मात्रै स्पेनको नागरिकता पाउनुभएको थियो । फ्रान्सका लागि उहाँले कुनै अन्तर्राष्ट्रिय स्पर्धा खेल्नुभएको थिएन । अल्भारो मोराटाले गोल गर्ने उपयुक्त अबसर खेर फालेपछि स्पेनले अग्रता लिन सकेन । फेर्रन टोरसले समेत गोलका लागि गर्नुभएको प्रयास खेर गयो । पोर्चुगलले खेल अवधिभरि एक पटक मात्रै गोल गर्ने अबसर पाएको थियो । तर डेनिलो पेरेराको हेडरलाई यूनै सिमोनले विफल तुल्याउनुभयो ।
खेल सुरु हुनुअघि स्पेन र पोर्चुगलले सन् २०३० को विश्वकप फुटबल संयुक्त आयोजनाका लागि प्रस्ताव राख्ने घोषणा गरिएको थियो । यूरो २०२० सुरु हुनुअघि अभ्यास खेलमा स्पेन र पोर्चुगल दुबै टोलीले अझै एक एक खेल खेल्नेछन् । स्पेनले लिथुनिया र पोर्चुगलले इजरायलको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button