तपाईँ सुन्दै हुनुहुन्छः

बागचौर नगरपालिकाद्वारा २५ शय्याको आइसोलेसन सञ्चालन

सल्यान । सल्यानको बागचौर नगरपालिकाले २५ शय्याको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा आएको छ । कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न नगरपालिकाले आफ्नै नयाँ भवनमा आइसोलेसन निमार्ण गरेको हो ।
आइसोलेसनमा ३८ वटा ठूला अक्सिजन सिलिन्डर र ५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिने मेयर लोकमान बुढाथोकीले बताए । अहिले ८ वटा सिलिन्डर सञ्चालनमा ल्याएको र बाँकी आउँदै गरेको उनको भनाई छ ।
नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा २० वटा अक्सिजन सिलिन्डर आफ्नो व्यक्तिगत रुपमा उपलब्ध गराउने समेत मेयर बुढाथोकीले बताए । अहिले ८ वटा सिलिन्डर आइसकेको र बाँकी १२ वटा सिलिन्डर आउँदै गरेको उनको भनाई छ । आफूले पाउने  तलब सामाजिक काममा लगाउने बताउँदै आएका बुढाथोकीले यस अघि कोरोना रोकथाम तथा उद्धारमा ४ लाख ५० हजार जम्मा गरेको बताएका छन् ।
हालसम्म कोरोनाबाट सबैभन्दा धेरै बागचौर नगरपालिकाका नागरिकको मृत्यु भएको छ ।
यस्तै मेयरले ६० हजार पिस सर्जिकल मास्क, र ३ सय पिस एक एन ९५ मास्क खरिद गरेको बताएका छन् । बागचौर नगरपालिकालाई ४१ हजार २ सय ५० पिस मास्क, १ हजार ७ सय २८ पिस साबुन र स्यानिटाइजर उपलब्ध गराएको बताएका छन् ।
अन्य मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई कोरोनाको समयमा अग्र भागमा रहेर काम गर्नेलाई प्रदान गर्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button