तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा ६ जनाको मृत्यु, ४ सय ९४ जना नयाँ सङ्क्रमित 

भैरहवा  । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ९४ जना नयाँ कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ७८ जना महिला, ८८ जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १५ जना महिला र २६ जना पुरुष नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।
हाल सम्म रुपन्देही जिल्लामा १५ हजार १ सय ५४ जना निको भएका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या ३ सय ५१ जना र सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय १४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button