तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्दा मादीमा डुबेर युवकको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा पौडी खेल्दा डुबेर मङ्गलवार एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमजुङको सुन्दर बजार नगरपालिका–२ घर भई हाल व्यास नगरपालिका–२ गणेशमान चोक बस्ने २२ वर्षीय असीम अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेका अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button