तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा दोस्रो चरणमा २ हजार ६ सय जनालाई खोप लगाइँदै 

बझाङ । पहिलो चरणको खोप लगाइसकेपछि जिल्लामा दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप सेवा सञ्चालन हुदैछ । यो सातासम्म सञ्चालन गरिने कार्यक्रममा २ हजार ६ सय जनालाई खोप सेवा दिइने भएको छ । आइतबार जिल्ला अस्पतालमा प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखले खोप लगाएर उद्घाटन गर्नु भएको थियो ।
दोस्रो चरणमा जनप्रतिनिधि, कर्मचारी सुरक्षाकर्मी र सञ्चारकर्मीलाई खोप लगाउने भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशीले बताउनुभयो । यस अगाडि  पहिलो चरणमा १ हजार ८८ जना  स्वास्थ्यकर्मी सरसफाइकर्मीहरूलाई कोरोना विरुद्धको खोप दिएको थियो । यस पछि सबैलाई खोप दिने कार्यक्रम गरेको बताइएको छ । जिल्लामा अहिले जिल्ला अस्पताल र देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button