तपाईँ सुन्दै हुनुहुन्छः

सर्वसाधारणको मन लोभ्याउँदै बर्जू ताल 

विराटनगर । सुनसरीको बर्जू गाउँपालिकामा रहेको बर्जू ताल आकर्षणको केन्द्र बन्दै गएको छ ।
१ सय ५२ बिघामा फैलिएको तालको संरक्षण संरक्षण तथा व्यवस्थापनमा सङ्घीय, प्रदेश  र स्थानीय  सरकारले चासो दिएपछि  तालको आकर्षण बढेको हो ।
प्रदेश न १ को राजधानी विराटनगरबाट १०  किलोमिटर पश्चिममा रहेको  तालमा दैनिक ठुलो सङ्ख्यामा सर्वसाधारण पिकनिक खान तथा घुम्न आउने गदर्छन । तालमा आउने साइवेरियन चरा तथा पानीमा फुल्ने विभिन्न प्रकरण फुलले सर्वसाधारणको मन लोभ्याउने गरेको छ ।
५ वर्ष अघि  सुनसान रहेको सो ताललाई नेपाली सेनाले ताल वरिपरि सडक बनाएर  व्यवस्थित गरेसँगै तालको महत्त्व बढेको पाइन्छ ।
ताल व्यवस्थित भएपछि त्यहाँ पुग्ने जो कोही पनि तालको मनमोहक दृश्यमा रमाउने गर्दछन् । बर्जू गाउँपालिकाले वार्षिक रुपमा बजेट छुटयाएर ताललाई व्यवस्थित गर्दै आएको छ ।
तालमा अहिले चार वटा डुङ्गा सञ्चालनमा ल्याइएको छ । बर्जू तालमा पिकनिक खान र ताल घुम्न  मोरङ, सुनसरी, झापा जिल्लाका मात्र नभएर भारतका सीमावर्ती क्षेत्रका मानिसहरू समेत त्यहाँ आउने गरेको स्थानीयको भनाई छ ।
तालका नामबाट गाउँपालिकाकाको नाम बर्जू गाउँपालिका रहन गएको हो ।
सीमावर्ती क्षेत्रमा रहेको तालका कारण सो भेगका बजारहरूमा समेत चहलपहल बढ्ने गरेको छ । शनिवार तथा बिदाको दिन ताल घुम्न आउने हरूको घुइँचो लाग्ने गर्दछ । ताल प्रवेशका लागि शुल्क लाग्ने गरेको छ ।
गत शनिवार एक दिनमा प्रवेश शुल्कबाट डेढ लाख रुपैयाँ सङ्कलन भएको जनाइएको छ । तीनै तहको सरकारले सो तालमा बाह्य पर्यटक ल्याउने गरी योजना समेत बनाइरहेको छ ।
बर्जुु ताल प्रदेश न १ कै ठुलो एवं  ऐतिहासिक तालको रुपमा चिनिन्छ । सो ठाउँमा अझै पनि पिकनिक स्थलको अभाव भने देखिन्छ । पिकनिक स्थललाई व्यवस्थित गर्नु पर्ने पिकनिक खान आउनु भएका विराटनगरका नरेन्द मण्डलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button