तपाईँ सुन्दै हुनुहुन्छः

जनताको समर्थनका आधारमा पार्टीको आधिकारिकता निर्धारण हुने : प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको पार्टी नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री ओलीले पार्टी भित्रको बहुमत र अल्पमतका आधारमा नभई जनताको समर्थनका आधारमा पार्टीको आधिकारिकता निर्धारण हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि र विकासका लागि सरकार क्रियाशील रहेको र तीन वर्षको अवधिमा विकास निर्माणका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको स्थायित्व र समृद्धिका लागि आफूहरू जस्तोसुकै प्रतिकुलताको सामना गर्न तयार रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोख्रेलले आफूहरूको लडाई मुलुकलाई अराजकता र अस्थिरतातर्फ लैजान चाहनेका शक्तिको विरुद्ध भएको बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापाले पार्टी अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिलाई षड्यन्त्रपूर्वक हटाउन खोजेका कारण पछिल्लो राजनैतिक घटनाक्रम विकास भएको बताउनुभयो ।

गृहमन्त्री थापाले आन्दोलनका नाममा हुने कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको पनि स्पष्ट पार्नुभयो ।

अहिलेको राजनैतिक अन्यौलता निर्वाचन बाट मात्रै अन्त्य हुने बताउनुहुँदै मन्त्री थापाले निर्वाचनलाई समेत आन्दोलनका रुपमा लिएर तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button