तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः वागमती प्रदेशको पहिलो जित

दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता अन्तर्गत वागमती प्रदेशले पहिलो जित निकालेको छ ।

बुधबार भएको दोस्रो खेलमा वागमतीले गण्डकी प्रदेशलाई ६६ रनले पराजित गरेको हो ।

दाङको लमहीमा १ सय ५४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश २० ओभरमा ५ विकेट गुमाएर मात्र ८८ रन बनायो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको वागमती प्रदेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५३ रन बनायो । जितसँगै वागमतीले सेमिफाइनल यात्राको सम्भावना कायम राखेको छ ।

समूह चरणको पहिलो खेलमा वागमती प्रदेश पराजित बनेको थियो । प्रदेश नम्बर १ ले वागमती प्रदेशलाई ४६ रनले पराजित गरेको थियो ।

बुधबार नै भएको पहिलो खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा प्रदेश नम्बर १ ले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गरेको थियो । समुह बी बाट बिहीबार सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button