तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा फुटबल रेफ्री समिति गठन

दोलखा । दोलखा जिल्लामा पहिलो पटक जिल्ला स्तरिय फुटबल रेफ्री समिति गठन गरिएको छ । दोलखा जिल्ला फुटबल संघको समन्वयमा एन्फाबाट तालिम प्राप्त राष्ट्रिय रेफ्रीहरुको सहभागिता सहित समिति गठन गरिएको हो ।

एन्फा रेफ्री रामनाथ शिवाकोटीको अध्यक्षतामा गठित नौ सदस्यीय जिल्ला स्तरीय फुटबल रेफ्री समितिको उपाध्यक्षमा सन्त बहादुर तमाङ, महासचिवमा रोशन कुमार श्रेष्ठ, सचिवमा अरुणा लामा र कोषाध्यक्षमा ईश्वर खड्का चयन हुनुभएको छ ।

सदस्यहरुमा राजु जिरेल, रविन बुढाथोकी, प्रविन बस्नेत र राजेन्द्र भुजेल चयन हुनुभएको छ । समितिको सल्लाहकारमा चिरञ्जीवी मास्के, सन्तोष रिमाल र युविन श्रेष्ठ रहनु भएको छ ।

समिति गठनको अवसरमा दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठ, महासचिव कौरव पाण्डे र नवगठित जिल्ला स्तरिय फुटबल रेफ्री समितिका अध्यक्ष रामनाथ शिवाकोटीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला स्तरीय फुटबल रेफ्री समितिले जिल्लामा सञ्चालन हुने फुटबल खेलमा सहयोग गर्ने तथा आवश्यकता अनुसार क्लबहरुलाई रेफ्र नियमहरुको बारेमा प्रशिक्षण समेत दिनसक्ने दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button