तपाईँ सुन्दै हुनुहुन्छः

क्षतिग्रस्तमध्ये साँढे ५ लाख भौतिक संचरनाको पुननिर्माण सम्पन्न

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५ लाख ५६ हजार ४ सय ८७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ ।

रााष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छैठौं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आज आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भुकम्पबाट क्षति भएका मध्ये ५ लाख ५६ हजार ४ सय ८७ निजी आवासको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

१ लाख ६८ हजार ८३ घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै ४ हजार २ सय ५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा उपलब्ध गराइएको, निर्माणाधीन १ सय ३० एकीकृत बस्तीमध्ये ५० वटा बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

सांस्कृतिक तथा पुरातात्विक सम्पदातर्फ क्षतिग्रस्त ९ सय २० वटा सम्पदामध्ये ४ सय ६५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

धरहराको २० औं तला पुनर्निर्माण भईरहेको र सिंहदरबारको मुख्य प्रशासनिक भवनको उत्तर, दक्षिण र पूर्वी भागको काम यसै महिनाभित्र सम्पन्न गरिसक्ने प्राधिकरणले जनाएको छ ।

यस्तै भूकम्पबाट क्षतिग्रस्त विद्यालयमध्ये ६ हजार ८५ विद्यालय र ६ सय ९८ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

भूकम्पबाट क्षतिग्रस्त कुल ४ सय १५ सरकारी भवनमध्ये ३ सय ७४ वटा सरकारी भवनको पुनर्निर्माणको काम सम्पन्न भएको पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button