तपाईँ सुन्दै हुनुहुन्छः

राज्यमन्त्री मानन्धरले लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्ल्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको आज काठमाडौंको बालाजुस्थित अष्ठनारायण हलमा शुभारम्भ गर्नुभयो ।

नेपालका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विभिन्न ६२ वटा गीत लगातार गाएर वर्ल्ड बुकमा रेकर्ड राख्ने कार्यक्रममा मन्त्री गुरुङले नेपालको एकजना राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आँट गरेर विश्वमा ख्याती कामउने कार्यको सराहना गर्नुभयो ।

कला र संस्कृतिमा संसारभर चर्चित नेपाललाई राज्यमन्त्री रामवीर मानन्धरले वर्ल्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गर्नुभएको कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले शुभकामना व्यक्त गर्नुभयो ।

शुक्रबार दिनको १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गर्नुभएको थियो । मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड संसारमै पहिलो हुनसक्ने भएकाले वर्ल्ड बुक रेकर्डस् कायम गर्न बेलायतबाट पाँच जना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button