तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदको अभिलेखिकरण गर्ने परियोजनाको सुरुवात

काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी)ले नेपाली खेलकुदको अभिलेखिकरण गर्ने परियोजनाको औपचारिक सुरुवात गरेको छ ।

एनओसीले अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी)को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत ‘प्राजेक्ट’ २०२०–२०२१ सुरु गरिएको बताएको हो ।

आईतबार पत्रकार सम्मेलन गर्दै एनओसीले नेपाली खेलकुदमा दूरगामी प्रभाव पार्ने अभिलेखिकरणको परियोजना सुरु भएको जानकारी दिएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजनाको घोषणा गर्दै यसलाई खेलकुदको ऐतिहासिक दिनको रुपमा व्याख्या गर्नुभयो ।

नेपाल ओलम्पिक कमिटिको अनुरोधमा आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तरगत अभिलेखिकरणको परियोजना सञ्चालन हुन लागेको हो । परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रम अन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button