२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी छाप र दस्तखत किर्ते मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ

रेडियो नेपाल २०७७ पुष ३ गते १८:१२

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

ब्युरोको टोलीले सर्वोच्च अदालतको विसं २०७६ मङ्सिरको फैसलाअनुसार एक वर्ष कैद र रु ३६ लाख जरिवाना ठहर भएपछि फरार रहेका गोरखा घर भई ललितपुर बस्दै आएका ५५ वर्षीय गोपालबहादुर थापालाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले श्रम तथा रोजगार प्रबद्र्धन विभागको पत्र जाहेरीका आधारमा अदालतले फैसला सुनाएका थापालाई बिहीबार काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँले थापालाई फैसला कार्यान्वयनका लागि आज नै काठमाडौँ जिल्ला अदालत बबरमहल पठाएको बताउनुभयो । रासस

सम्बन्धित