तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा फुटोस् र सरकार ढलोस् भन्ने सोच निरर्थक हुन्छ : मन्त्री श्रेष्ठ

भक्तपुर । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले विरोधीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन होस् भनेर धुप हाले पनि नेकपा बिभाजन नहुने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकाको नगर अस्पतालको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसैले पार्टी फुटोस् र सरकार ढलोस् भने पनि त्यो सोच निरर्थक हुने बताउनुभयो ।

नेपाली जनातले इतिहास निर्माण गर भनेर नेकपालाई दुई तिहाई नजिकको मत दिएकाले जनचाहाना अनुसार नै नेकपा एक हुने उहाँको भनाई छ ।

नेकपा समुन्द्र भएको बताउँदै समुुन्द्रमा सानोतिनो छाल आउनु सामान्य भएको उहाँले बताउनुभयो । सत्तारुढ पार्टीको एकता नै अहिलेको प्रमुख आवश्यक भएको भन्दै मन्त्री श्रेष्ठले यसको व्यवस्थापन गर्न पार्टी सक्षम रहेको बताउनुभयो ।

केपी शर्मा ओलीले आगामी चुनावपछि सरकार र आगामी महाधिवेशनपछि पार्टी अध्यक्ष छोड्छु भन्ने बचन दिएकाले अहिलेको पार्टी एकताको बटम लाइन नै त्यहीँ भएको मन्त्री श्रेष्ठको भनाई छ ।

मन्त्री श्रेष्ठले जनताले केपी शर्मा ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री हुन जनादेश दिएकाले बीचैमा जनतालाई धोका दिएर सत्ता छोडेर जाने छुट प्रधानमन्त्री ओलीलाई नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button