तपाईँ सुन्दै हुनुहुन्छः

राहत प्याकेजको बारेमा छलफल गर्न सरकार तयारः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन थप राहत प्याकेजको बारेमा छलफल गर्न सरकार तयार रहेको बताउनु भएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले घोषणा गरेको कोरेना विरुद्धको प्रबन्ध र निर्णय प्रर्याप्त नभएको खण्डमा छलफल गरेर अघि बढन सकिने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त रहेको आर्थिक सामाजिक जिवनलाई पुर्ववत अवस्थामा फर्काउनु अहिलेको प्रमुख चुनौतीको रुपमा खडा भएको उल्लेख गर्नुभयो ।

कोभिड विरुद्धको लडाईमा सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्र सामाजिक जिवनका व्यक्ति र नागरिकबीच प्रभावकारी सहकार्यको आवश्यकता पनि औल्याउनु भयो ।

मन्त्री पौडेलले नीजि क्षेत्रलाई उत्पादनका हरेक क्षेत्रलाई उत्प्रेरित र उत्साहित गर्ने गरी अघि बढन पनि आग्र्रह गर्नु भयो ।

कोभिडको लक्षण देखिएका संक्रमित व्यक्तिहरुको परीक्षण र संक्रमितकोे जिम्मा सरकारले लिएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले नागरिकको जिवनको रक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भयो ।

उहाँले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरीय खोप उपलब्ध गराउनका लागि गुणस्तरीय तथा तुलनात्मक रुपमा सस्तो मूल्यमा भ्याक्सिन सरकारले आयात गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

अर्थमन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले जुन प्रहार सहनु परेको छ त्यो प्रहारलाई सहज गर्ने मात्र होईन सामना गर्न पनि सरकार लागि परेकोले यस अभियानमा सरका हात र साथ दिन पनि तयार रहेको अर्थमन्त्री पौडेलले बताउनु भयो ।

नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले आर्थिक वृद्धि बाहेक मुलुकको अर्थतन्त्र सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएर अघि बढेको बताउनु भयो ।

उहाँले विगतमा महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघ नमिल्दा निजी क्षेत्रका समस्या ओझेलमा परे पनि महासंघको निर्वाचनपछि सबै क्षेत्र मिलेर आगाडी बढेको उल्लेख गर्नु भयो ।

यसैगरी, चेम्बर अफ कमर्शको अध्यक्ष राजेशकाजी श्रेष्ठले आफूले व्यक्तिगत कुरा गर्न छाडिसकेको उल्लेख गर्दै महासंघ, सीएनआई र चेम्बरले सबै निजी क्षेत्रको हक हितका लागि काम गर्ने प्रतिबद्धता सहित अघि बढेको बताउनु भयो ।

महासभामा बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष तथा कृषि उद्यमी पवन गोल्यानले कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको दाबी गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button