तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना खोपसँग सम्वन्धीत विषयमा आज गृह, अर्थ, परराष्ट, सामान्य प्रशासन, स्वास्थ्य र पर्यटन मन्त्रालयका मन्त्री, मुख्यसचिव र सचिवहरुसँग शुक्रबार सामूहिक छलफल गर्नुभएको छ ।

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतीबारेमा जानकारी लिनुभएको हो । उहाँले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सिसिएमसीमा आवद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गर्नुभएको हो ।


‘समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो’–उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो–‘त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौं ।’ बैठकले कोभिड नियन्त्रण सम्वन्धित कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय गरेको छ ।

सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ती चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो । साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्वन्धमा देखा परेका केही व्यवहारिक कठिनाइका सम्वन्धमा छलफल भएको छ । कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने निर्णय पनि वैठकले गरेको थियो ।


बैठकमा गृहमन्त्री रामवहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट मन्त्री प्रदिप ज्ञवाली, सामान्य प्रशासन हृदयश त्रिपाठी, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पर्यटन मन्त्री योगेश भट्राईको सहभागीता थियो । साथै मुख्यसचिव शंकरदास वैरागी र प्रधानमन्त्री कार्यालयलगायतका सचिवहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button