तपाईँ सुन्दै हुनुहुन्छः

रोकिएन सप्तरीमा हात्ती आतंक

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ४ मा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले बस्तीमा पसेर जीवन चौधरी, देवीलाल चौधरी र वसन्त यादवको घरमा तोडफोड गरेर क्षति पु¥याएको छ ।

विहान ३ बजेतिर वस्तीमा पसेको हात्तीले घरमा तोडफोड गर्नुका साथै घरभित्र रहेको अन्नपात खाएर कुल्चिएर नष्ट पारेको पीडित जीवन चौधरीले बताउँनुभयो ।

बस्तीमा पसेर हात्तीले आतंक मच्चाउदा स्थानियबासीहरु त्रसित भएका छन् । पटक पटक जङ्गली हात्तीले मानव बस्तीमा पसेर क्षति गर्दै आएकोले आफुहरुको जिविकोपार्जनमा समेत समस्या भएको पिडित देवीलाल चौधरीले बताउँनु भयो ।

कोशी टप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्तीले जिल्लाको सप्तकोसी, कञ्चनरूप, खड्ग, शम्भुनाथ र सुरुङ्गा नगरपालिका तथा रूपनी, तिरहुत, महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका स्थानियवासीहरुलाई दुःख दिदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button