तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरले  मोटरसाइकललाई ठक्कर दिँदा वडा अध्यक्ष र सदस्य गम्भीर घाइते 

भोजपुर  ।  भोजपुरमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा भोजपुर नगरपालिका वडा नम्बर ५ बोखिमका ४५ वर्षीय वडाध्यक्ष जसबहादुर राई र ५५ वर्षीय वडा सदस्य शरण प्रधान गम्भीर घाइते भएका हुन् ।
कार्यालयको कामको लागि सदरमुकाम आउने क्रममा आज मध्यान्ह करिब १२ः०० बजेको समयमा उनीहरू सवार मोटरसाइकललाई देउराली चोकमा ट्याक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उनीहरू सवार को१ब १७९३ को मोटरसाइकललाई पानी ट्याङ्कीतर्फ जाँदै गरेको प्र १–०२–००३–त ५४८ ट्याक्टरले देउराली चोकमा ठक्कर दिएको हो ।
गम्भीर घाइते दुवै जनाको टाउको र शरीरको विभिन्न ठाउँमा चोट लागेको बताइएको छ । घाइतेलाई थप उपचारको लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button