तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा गरिब परिवार पहिचानका लागि तथ्याङ्क संकलन हुने 

भैरहवा । रुपन्देही जिल्लामा गरिब परिवारको पहिचानको लागि तथ्याङ्क संकलन हुने भएको छ ।

गरिब परिवार पहिचान तथा परिचय बितरण निर्देशिका २०७५ मा गरिब परिवार पहिचानको लागि आवश्यक तथ्यांक संकलन तथा विश्लेषण गर्ने र गरिब परिवारको रुपमा पहिचान भएका परिवारलाई सो को परिचयपत्र बितरण गर्ने प्रक्रियालाई ब्यवस्थित गर्न आवश्यक भएकाले सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरि नेपाल सरकारले निर्देशिका जारी गरेको छ ।

रुपन्देहीका स्थानिय तहमा तथ्यांक संकलन गर्नका लागि गणक पठाउनका लागि जिल्ला समन्वय समिति रुपन्देहीले छलफल गरेको हो ।

जिल्ला समन्वय समितिको कार्यालय रुपन्देहीको आयोजनामा गरिब घरपरिवार पहिचानका लागि स्थानीय तहका पदाधिकारीसंग अन्तरक्रिया कार्यक्रम मंगलबार भैरहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले गरिब घरपरिवार पहिचान महत्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो ।

विश्वकर्माले गरिब घरपरिवार पहिचानबाट विपन्न परिवारले राज्यबाट सहयोग पाउन सहज हुने बताउनभयो । विगतमा राज्य जनताप्रति गम्भिर नभएको र जनताप्रति चासो नदेखाएको उहाँको भनाइ थियो ।

ऐन २०६४ को दफा ४५ को परिच्छेद ६ का अनुसार तथ्यांक संकलनका लागि गणक खटाउँदा प्रत्येक गणकका लागि प्रति महिना हिमाली क्षेत्रमा दुई सय पचास, पहाडी क्षेत्रमा तीन सय र तराई क्षेत्रमा तीन सय पचहत्तर परिवारको विवरण संकलन गर्ने गरी खटाउनूपर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button