तपाईँ सुन्दै हुनुहुन्छः

यसपटक जनकपुरधामको दशैं बजार नलाग्ने

जनकपुरधाम । कोरोना महामारीका कारणले यस पटक जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाईमा तथा जिल्ला प्रशासन कार्यालय धनुषाको संयोजनमा लाग्दै आएको दशैं बजार यसपटक नलाग्ने भएको छ ।

दशै, दिपावली तथा छठ पर्वको अवसर पारेर लाग्दै आएको दशै अर्थात सस्तो बजार यस पटक कोरोना महामारीका कारणले नलाग्ने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साहले जानकारी दिनुभयो ।

केही वर्ष अगाडी पनि आन्दोलनका कारणले दशै बजार नलागेको जानकारी दिदै अध्यक्ष साहले यसपटक कोरोनाका महामारी भएकाले बजार लगाउदा भिड हुने र कोरोनाको संक्रमण फैलिने भएकाले जिल्ला सुरक्षा समितिको निर्देशनमा बजार नलागेको जानकारी दिनुभयो ।

सस्तो बजारको रुपमा परिचित रहेको दशै बजारवाट दैनिक उपभोग्यका सामानहरु सर्वसाधारणले वर्षभरिका लागि खरिद गरेर राख्ने गरेका थिए । दशकौंदेखि जनकपुरधामको गोपाल धर्मशालामा दशै बजार लाग्दै आएको थियो । बजारबाट उययपुर, धनुषा, महोत्तरी, सिरहा, सिन्धुली, सर्लाही तथा सीमावर्ति भारतीय क्षेत्रका जनता पनि लाभान्वित हुदै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button