तपाईँ सुन्दै हुनुहुन्छः

क्यान अध्यक्ष चन्दको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको कोरोना परिक्षणको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

आईतबार गरिएको परिक्षणमा अध्यक्ष चन्दको कोरोना रिपोर्ट फेरी पनि पोजेटिभ आएको हो । कोरोनाको संक्रमण देखिएपछि चन्द करिब १६ दिनदेखि क्वारनटाइनमा रहनुभएको छ ।

क्यानको बोर्ड बैठकबाट फर्किएपछि अध्यक्ष चन्द र सचिव अशोक नाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएको होे । अध्यक्ष र सचिवको स्वास्थ्य अवस्थाको कारण देखाउँदै क्यानले असोज २८ गतेका लागि तोकेको साधारण सभा तत्काललाई स्थगित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button