तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा २ सय ५० बेडको आइसोलेशन वाड तयार

वीरगञ्ज । कोरोना भाइरसका कारण संक्रमीत बिरामीको उपचारकालागि वीरगञ्जमा करिव २ सय ५० बेडको आइसोलेशन वार्ड तयार भएको छ ।

वीरगञ्जको अस्थायी कोभिड गण्डक अस्पतालमा ५० बेड, गण्डकमै रहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले करिब १ सय ५० बेड र नारायणी अस्पतालमा सय बेड गरी अब २ सय ५० बेडको आईसोलेशनमा संक्रमितहरुलाई उपचार सेवा दिने व्यवस्था मिलाईएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताउनुभयो ।

संघीय सरकारको मातहतमा रहेको नारायणी अस्पताललाई लेभल २ कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि त्याहा १ सय भन्दा बढी बिरामीले सेवा पाउने छन । यसरी वीरगञ्जमा संक्रमीतको संख्या बढदै जाँदा आइसोलेशन वार्डको ब्यवस्थापन पनि क्रमिक रुपमा बढाईदै लगिएको छ ।

संकट व्यवस्थापन केन्द्र पर्सासंग आज वीरगञ्ज हेल्थ केयर अस्पताल व्यवस्थापन पक्ष विच कोभिड अस्पताल सञ्चालन सम्बन्धि सम्झौता भएको छ । सो सम्झौतापछि वीरगञ्ज हेल्थ केयरलाई अस्थायी कोभिड अस्पतालमा रुपान्तरण गरी आजैबाट अस्पताल बाहिर रहेका संक्रमितलाई अस्पतालको आईसोलेशनमा ल्याउने तयारी भई रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले जानकारी दिनुभयो ।

यता वीरगञ्ज हेल्थ केयरका अस्पतालका सञ्चालक डा.अबुल हैसले अस्पतालको साँचो जिल्ला संकट व्यवस्थापन केन्द्र पर्सालाई बुझाएको बताउनु भयो ।

संकट व्यवस्थापन केन्द्रले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायलाई अस्पतालको साँचो हस्तान्तरण गरेको छ । वीरगञ्ज हेल्थ केयर अस्पताल निर्मलीकरण गरेर तयारी अवस्थामा राखिएको सञ्चालक डा.अबुल हैसले जानकारी दिनुभयो ।

यस अघि सङ्कट व्यवस्थापन केन्द्र पर्साले सिफारिस गरे अनुसार वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल सञ्चालन गर्न दिन मन्त्रलायले अनुमति दिएको थियो ।

केन्द्रले गएको बिहिवार अस्पताल सञ्चालन अनुमतीको माग राखेर केन्द्रीय सीसीएमसी, गृहमंत्रालय, संघीय स्वास्थ्य मन्त्रालय लगायतका सरोकारवाला निकाययलाई पत्राचार गरेको थियो ।

केन्द्रीय तहले पनि एकैदिनमा सबै निकायबाट पर्सा जिल्लाले पठाएको पत्रलाई आ आफनो औपचारिक निकायबाट अनुमोदन गरेर अस्पताल सञ्चालनको अनुमती दिएको हो । शुक्रवार एकै दिनमा यो सम्पूर्ण प्रक्रिया पुरा भएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्कीले जानकारी दिनु भयो ।

नारायणी अस्पतालको मातहातमा रहने गरी वीरगञ्ज हेल्थ केयर हस्पिटललाई कोभिड अस्पताल बनाएर सञ्चालन गर्ने कुरा टुंगोमा पुगेको अस्पतालका सञ्चाल डा. हैयसले बताउनु भयो । डा. अन्सारीले अस्पतालमा १०० शैयाको आइसोलेसन, ८ भेन्टिलेटर र ३० वटा आइसीयू बेड रहेको जानकारी दिनु भयो ।

वीरगञ्जमा तीन वटा अस्पताल कोभिड बनेपछि घरमा अलपत्र रहेका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्ने कार्य सहज हुने भएको छ । साउन यता मात्र २५० भन्दा बढि संक्रमितहरु भेटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button