तपाईँ सुन्दै हुनुहुन्छः

थप एक सय तीन जना कोरोना भाइरसको संक्रमणबाट मुक्त

काठमाडौं । आज थप १ सय ३ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १ सय ३ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त हुनेको कूल संख्या ११ हजार ६ सय ३७ पुगेको जानकारी दिनुभयो ।

हाल सम्म प्रदेश नं. १ मा ७ सय ४९, प्रदेश नं. २ मा २ हजार ६ सय ३३, वाग्मती प्रदेशमा ४ सय ३२, गण्डकी प्रदेशमा ९ सय ४६, प्रदेश नं. ५ मा ३ हजार ७ सय १५, कर्णाली प्रदेशमा १ हजार ४ सय ९२ र सुदुर पश्चिम प्रदेशमा १ हजार ६ सय ७० जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएको प्रवक्ता प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।

यसैगरी आज ३ हजार ३ सय ३१ वटा नमूनाको रियाल टाईम पिसीआर विधिबाट परीक्षण गर्दा थप ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका आनुसार नेपालमा हाल सम्म १७ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको छ भने कूल संक्रमित मध्ये ५ हजार ८ सय २५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button